प्राधिकरणको नयाँ निर्देशनः सल्लाहकार नियुक्त गर्न पाउने, ६५ कटेका व्यक्ति सीईओ हुन नपाउने !

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीका सीईओहरुको उमेर हद घटाएको छ । अब ६५ वर्ष कटेका व्यक्ति सीईओ पदमा नियुक्त हुन पाउने छैनन् । यसअघि उमेर हद ७० वर्ष थियो । 

प्राधिकरणले आज बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देनशका, २०८० जारी गर्दै उमेर हद घटाएको हो । 

Advertisement

नयाँ निर्देशिका अनुसार कम्पनीहरुले रिक्त रहेको ३ महिनाभित्र  सीईओ/डीसीईओ नियुक्त गरिसक्नु पर्नेछ । कम्पनीले आवश्यकता अनुसार सल्लाहकार नियुक्त गर्न सक्ने उल्लेख छ ।   

नयाँ कानून अनुसार अभिकर्ताहरुले आफ्नो घर परिवारका सदस्यको बीमा आफ्नै कम्पनीमा गर्न पाउने छैनन् । साथै नाफाको १ प्रतिशत सीएसआरमा खर्च गर्नु पर्ने र २ प्रतिशत कर्मचारीहरुको क्षमता विकासमा खर्च गर्नु पर्ने उल्लेख छ । 

नयाँ निर्देशिकाको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस्ः 

Advertisement

Advertisement