शाइन रेसुङ्गा बैंकबाट आईएमईमार्फत पठाएको रेमिट्यान्सको भुक्तानी पाइने

Advertisement

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डीजीशाइन)  एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । 

ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्, जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन ।

Advertisement

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

यसअघि, बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । 

आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट  बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ । 

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । 

Advertisement