ठमेल पर्यटन विकास परिषद् महोत्सवहरु आयोजना गर्ने तयारीमा
फाइल तस्बिर

Advertisement

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’ 

Advertisement

अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको र सिजन सुरु भएपनि गत वर्षको जस्तो पर्यटकहरुको चहलपहल नरहेको बताउँदै उनले भने, ‘कसरी यस्तो भयो हामी पनि छक्क परिरहेका छौं । अहिले सेप्टेम्बरको अन्त्य पुगिसकेका छौं, तरपनि गत वर्षको जति पनि अकुपेन्सी छैन् । गत वर्ष यतिखेरी करिब ७० प्रतिशतको अकुपेन्सी थियो । अहिले ५० प्रतिशत पनि अकुपेन्सी छैन् ।’ 

अहिले ठमेलमा बाटो पिच गर्ने काम भइरहेको छ । हामीले विद्युत प्राधिकरणसँग सहकार्य गरेर ठमेलका पुराना पोलहरु निकालिरहेका छौं, आजको दिनसम्म करिब करिब २४ वटा जति पोलहरु निकालिसकेको बताए । ​

अबको एक महिनाभित्र ठमेलको बाटो पिज हुन्छ । सीसीटीभी र बत्ती जडान गर्ने कार्यहरु भइरहेको छ ।  यी कामहरु सकेलगतै ठमेल महोत्सव गरिने उनले सुनाए । ठमेललाई बेलुका फ्रि भेकल जोन बनाउने, त्यसपछि  विदेशी तथा आन्तरिक पर्यटकहरुलाई ठमेलमा ल्याउनको लागि पहल गर्ने सोचका साथ कामहरु उनले बताए ।  

आन्तरिक ठमेल महोत्सव कहिले ? 
आन्तरिक ठमेल महत्सव चाँही अगेजीं नयाँ वर्ष, क्रिसमस लगायतलाई केन्द्रित गरेर गर्न लागेका छौं । उक्त महोत्सव डिसेम्बर–जनवरी महिना तिर हुन सक्ने अध्यक्ष शर्माले बताए । बेलुका सात बजेपछि ठमेललाई फ्रि भेकल जोन बताउने, फुड फेस्टिबलहरु गर्ने, रेवानसँग समन्वय गर्ने योजना बनाएका उनले जानकारी दिए । नेपाल अधिराज्य भरीका पर्यटन व्यवसायीहरुलाई ठमेलमा बोलाउने, ठमेलमा घुमाउने, ठमेलमा उनीहरुको उत्पादनहरु राख्न लगाउने उनले सुनाए । 

अन्तराष्ट्रिय ठमेल महोत्सव पनि गरिने
अन्तर्राष्ट्रय ठमेल महोत्सव पर्यटन मन्त्रालयसँग सहकार्य गरी आयोजना गर्ने उनको भनाइ छ । उक्त महोत्सवमा हामी विदेशी मिडियाहरु, यूटुभरहरु, भ्लगरहरु, पर्यटन क्षेत्रका विभिन्न सेलिब्रेटीहरु लगायतहरुलाई बोलाएर ठमेलको बारेमा जानकारी गराएर प्रचारप्रसार गर्न लगाउने, माउन्टेन फलाइडहरु गराइ दिने, नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराउने योजना रहेको छ । यो महोत्सव चाँही अगामी मार्च महिनामा हुने सक्ने उनले बताए ।  

Advertisement

Advertisement