शेयर बजार स्थिर रहँदा फाइनान्सका लगानीकर्ता मालामाल, ३ कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजार आज स्थिर रहेको छ । करीब ३ अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.०७ अंकले बढेर १९८०.३४ अंकमा पुगेको छ । 

Advertisement

बजार स्थिर रहेपनि वित्त समूह ४.१७ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक र म्युचुअल फण्डमा हरियाली छाउँदा बाँकी समूह राताम्मे भए । 

आज पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९८ प्रतिशतले नाफा कमाए । 
त्यस्तै पिपुल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ६ प्रतिशतले घाटा व्यहोरे । 

आज पोखरा फाइनान्सकै उच्च कारोबार भयो । उक्त कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय ५२.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार १४.३३ अंकले उचालिंदा २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५.८२ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement