पेम्बा ग्याल्जे शेर्पाले बनाए नयाँ कीर्तिमान

Advertisement

काठमाडौं । मान्टेन गाइड पेम्बा ग्याल्जे शेर्पाले मनास्लु हिमाल १२ घण्टामा आरोहण गरी नयाँ कीर्तिमान बनाएका छन् ।

शेर्पाले यसअघिको रेकर्डलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेको इमाजिन नेपाल ट्रेक्सका सञ्चालन प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन् । उनले आज बिहान ७ बजे मनास्लु हिमालको बिना अक्सिजन १२ घण्टामा सफल आरोहण गरेको शेर्पाले बताइन् । 

Advertisement

मान्टेन गाइड पेम्बाले हिजो साँझ ७ बजे मनास्लु बेस क्याम्पबाट आरोहण सुरु गरी आज बिहानको ७ बजे मनास्लु हिमालको चुचुरोमा पुगेका हुन् । उनले यसअघिको १३ घण्टाको कीर्तिमान तोड्दै १२ घण्टामा शिखरमा पुगेका हुन् ।

अघिल्लो रेकर्ड २०१९ मा फ्रान्कोइस क्याजेनेलिले १३ घण्टा मनास्लु हिमालको सफल आरोहण गरेका थिए ।
 

Advertisement

Advertisement