टाटा नेक्सन ईभी लोकप्रिय विद्युतीय गाडीको रुपमा नेपाली बजारमा कसरी स्थापित भयो ?

Advertisement

काठमाडौं । टाटाको नेक्सन ईभी नेपाली बजारमा पछिल्लो दुई बर्ष सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको विद्युतीय सवारी साधन हो । 

अटोमोवाइल उद्योगमा विश्वमा स्थापित पूरानो ब्राण्ढ टाटाले नेक्सनमा अपार सफलता पाएसँगै अहिले टियागो समेत ईभीमा ल्याएको छ । पछिल्लो समय टाटा ईभी (विद्युतीय सवारी साधन) उत्पादनमा समेत अग्रणी कम्पनी बन्न सफल भएको छ । 

Advertisement

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले नेक्सन ईभी नेपालमा ल्याएको टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रटी ट्रेडिङ प्रा.लि.को भनाई छ । दुई वर्षको अवधिमा नेक्सन ईभीले आफूलाई नेपाली बजारमा एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको उसको भनाई छ । 

सरकारले वातावरणीय दृष्टि र विद्युत खपत पनि बढाउने उद्देश्यले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिरहेको छ । यही सन्दर्भमा भित्रिएको टाटा नेक्सन ईभीले नेपालको विद्युतीय गाडीको कूल बजारको सबैभन्दा बढी अंश ओगट्न सफल भएको छ । नेक्सन ईभीको लोकप्रियताको कारण यति मात्रै नभएर यसको आकर्षक बनावट, समुन्नत जिप ट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता पनि हो । 

द्रुत चार्जिङ क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुले पनि यसको बिक्री बढाउन मद्दत गरेको देखिन्छ । हालसम्म टाटा नेक्सन ईभी नेपालमा तीन हजारभन्दा बढी ग्राहकको रोजाई भइसकेको सिप्रदीको भनाई छ । 

‘फास्ट चार्जिङ’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ स्टेसनको बृहत सञ्जाल एवं सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन ईभीले आफूलाई अगाडी उभ्याउन सकेको हो । यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ एप– ‘इजी’ मार्फत चार्ज गर्न सकिन्छ । यो एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारहरुले गरिरहेको सिप्रदीको भनाई छ । 

दक्ष कर्मचारी एवम् भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ ।

विगत दुई वर्षदेखि सिप्रदीले दीर्घकालीन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणी भूमिका खेल्दै आएको छ । 

कम्पनीको २२ प्लस डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरुमा १२५ प्लस एसी चार्जरहरु जडान गरेको छ । 

Advertisement