निमा रिन्जी शेर्पाले चढे धौलागिरी हिमाल

Advertisement

काठमाडौं । निमा रिन्जी शेर्पाले विश्वको सातौं अग्लो हिमाल धौलागिरी (८,१६७ मिटर)को सफल आरोहण गरेका छन् । 

उनले आज सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिए ।  १७ वर्षको उमेरमा केटु हिमालको सफल आरोहण गरी विश्वमै सबैभन्दा कान्छो आरोही बनेका शेर्पा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने लक्ष्य रहेको कम्पनीको भनाई छ । 

Advertisement

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरु मध्ये शेर्पाले अब पाँच वटा हिमालहरु मात्र आरोहण गर्न बाँकी छ । शेर्पाले केटु, ब्रोडपिक, गासरब्रम– १, गासरब्रम– २, नङ्गा पर्वत, मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, धौलागिरी लगायत हिमालहरु सफल आरोहण गरिसकेका छन् । 

उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् । त्यस्तै, शेर्पाले १६ वर्षको उमेरमा मनास्लु हिमालको सफल आरोहण गरेसँगै उनी मुख्य चुचुरोमा पुग्ने सबैभन्दा कान्छो आरोही पनि बनेका थिए ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोही तथा गाइडहरु गरी १३ जनाले सफल आरोहण गरेका हुन् । उक्त हिमालको चुुचुरो सम्म रोप फिक्सिंगसगैं यस वर्ष (सिजन)को लागि धौलागिरी हिमालको आरोहण सुरु भएको छ । 

Advertisement

Advertisement