राष्ट्रसङ्घका महासचिव एक्कासी नेपाल आउँदै, उद्देश्य के होला ?

Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस एक्कासी नेपाल आउन लागेका छन् । राष्ट्रसंघको महासभा सक्किएको दुई साता पनि बित्न नपाउँदै उनले नेपाल आउने योजना बनाउनु अर्थपूर्ण देखिन्छ ।

गुटेरस यसै महिना नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालले नै सार्वजनिक कार्यक्रममा बताएका छन् । यसअघि स्न २००८ मा राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुन नेपाल आएका थिए । यतिबेला नेपालमा तत्कालिन सशस्त्र विद्रोही माओवादीको नेतृत्वको सरकार छ । यसअघि पनि माओवादीका नेता दाहाल नै सरकारमा भएको बेला राष्ट्रसंघका महासचिव आएका थिए ।  

Advertisement

हालै अमेरिकाको न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा भाग लिन दाहाल पुगेका थिए । उनी चीन हुँदै नेपाल फर्किएका हुन् । यही अक्टोबर महिनाभित्रै नेपाल आउन लागेका गुटेरसको नेपाल भ्रमणको एजेन्डा भने तय भएको छैन् । 

संयुक्त राष्ट्रसङ्घको शान्ति मिशनमा नेपाली सेवा पनि खटिँदै आएको छ । शान्ति मिशनमा खटिएका कारण नै नेपाली सेना धेरै कुरामा बाँधिएर बस्नुपर्ने अवस्था पनि रहेको छ । नेपालमा लामो इतिहास बोकेको राजसंस्थालाई हटाउने प्रक्रियामा पनि सेनाले शान्ति मिशनबाट पाउँदै आएको सुविधा खोसिनसक्ने आशंकाका कारण मौन बसेको अडकल गरिन्छ । 

नेपालमा राजसंस्था हटाउन र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न भारत र पश्चिमाहरुले धेरै चासो दिँदै आएका थिए । सो कुरामा राष्ट्रसंघलाई पनि प्रयोग गरिएको हुनसक्ने देखिन्छ । त्यसबाहेक राष्ट्रसंघले जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्तिप्रक्रिया, आर्थिक–सामाजिक विकासमा पनि चासो राख्दै आएको छ ।

Advertisement

Advertisement