सिप्रदीलाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्ड

Advertisement

काठमाडौं । भारतको प्रख्यात अटो मोवाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ मिट २०२३’मा सिप्रदी टे«डिङ प्रा. लि.लाई ‘इन्टरन्यासनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित गरेको छ । सिप्रदी नेपालको टाटा ब्राण्डका गाडीहरुको बिक्रेता हो । 

विश्वका ५२ वटा देशका प्रतिनिधि सहभागी सम्मेलनमा सिप्रदीले अवार्ड पाएको हो । गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको रुपमा यो अवार्ड आफूहरुलाई प्रदान गरिएको कम्पनीको भनाई छ । सिप्रदीको तर्फबाट सो कम्पनीका सीईओ राजनबाबु श्रेष्ठ तथा सीओओ राजेश गिरीले ऊक्त सम्मान ग्रहण गरेका थिए । 

Advertisement

पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी (विद्युतीय  गाडी) तथा आईसीई (डिजल इन्जिनयुक्त गाडी) दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ । साथै नेपालमा दीर्घकालिनरुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रग्री भूमिका खेल्दै आएको छ ।  

त्यसको फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरु ग्राहकको पहिलो रोजाईमा परेको देख्न सकिन्छ भन्दै सिप्रदीले सोही कार्यको मूल्याङ्कन गर्दै आफूहरुले बार्सिलोनामा सम्मान प्राप्त गरेको जानकार िदिएको छ । 

हाल टाटा मोटर्सको नेपालमा नम्बर वान ईभी (नेक्सन ईभी, टिगोर ईभी र हालै नाडा अटो शोमा सार्वजनिक भएको टियागो ईभी बिक्री भइरहेका छन् । त्यसैगरि, आईस सेगमेन्टमा सफारी, एचफाइब, नेक्सन, पन्च, टिगोर, टियागो लगायतका गाडीहरु बिक्री वितरण भइरहेका छन् ।

Advertisement