सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement