सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला  १ लाख ८ हजार ९ सयमा कारोबार

Advertisement

काठमाडौं । मंगलबार पनि सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै  चाँदीको प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement