इजरायल-प्यालेस्टिन युद्धको प्रभावले बढ्यो सुनको मूल्य: महासंघ

Advertisement

काठमाडौं । इजरायल प्यालेस्टिन युद्धको प्रभावले यो साता सुनको मुल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मुल्य पनि बढ्न सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन् । 

यो साता विश्व बजारमा सुनको मुल्य बढेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चर्किएको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरु सुरक्षीत लगानीको रुपमा सुन तर्फ आकर्षित हुन थालेकोले सुनको माग बढ्न गई मुल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरुले गरेका छन् । 

Advertisement

दुई साता अघिसम्म निरन्तर बढेको सुनको मुल्य त्यस यता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि र सुनको  सेलिङ प्रेसर बढेपछि मुल्य घटेको थियो । द्धन्दका कारण कच्चा तेलको मुल्यमा समेत उतार चढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत पर्न सक्ने बिश्लेषकहरुको अनुमान छ । 

नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार २ सय ५० रुपियाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९४ हजार ३ सय ९९ रुपियाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । उनका अनुसार सो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ हजार १ सय ४५ रुपियाँले बढी होे । 

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन १ हजार १ सय ४० रुपियाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय ५३ रुपियाँ पुगेको छ ।  
                                                                                                
 

Advertisement

Advertisement