स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले दिए सामुहिक राजीनामा

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा. सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा दिएका हुन् । 

नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्ष बिहीन छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमवार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई  स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका थिए । 

Advertisement

बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनु स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरुको भनाइ छ । राजीनामा दिएका बोर्ड सदस्य चन्द्र थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्ति गरिनु कन्फिलिक्ट अफ इन्ट्रेष्ट जोडिएको बताए । 

स्वास्थ्य बीमा वोर्डको अध्यक्ष नियुक्त गर्न नसकिरहेको अवस्थामा कार्यकारी निर्देशकलाई निलम्वन गरेकोमा उनले आपत्ति जनाए । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताए । 

थापाले भने, ‘स्वास्थ्य सेवाका क्रममा हुने भड्किलो खर्च कम गर्न र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पुहुँच स्थापित गर्न स्थापित स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा रही नीति, कार्यविधि र कार्यक्रमहरु तयार पारी लागू गर्ने कार्यमा क्षमताले भ्याएसम्म योगदान गरियो । बदलिँदो परिवेश र हाम्रो व्यवहारिक कारणले स्वास्थ्यमन्त्री समक्ष यो सामुहिक राजीनामा दिएका हौँ ।’

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्वन गरेको थियो । 

Advertisement