मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले  ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेको छ । 

एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविधालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

Advertisement

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराजसिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीन हाइड्रोजन ल्याबले ग्रीन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ । 

यस सहयोगहरुबाट बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement