सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य ह्वात्तै बढ्दा चाँदीको पनि बढेको छ । सुन प्रतितोला १ हजार ३ सय र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement