सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड, एक लाख १३ हजार ७ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आज प्रतितोला ५ सय रुपियाँले मूल्य बढेपछि हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । गत साउन ४ गते १ लाख १३ हजार ६ सयमा कारोबार भई रेकर्ड बनेको थियो । 

Advertisement

आज तेजाबी सुन पनि हालसम्मकै उच्च १ लाख १३ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपियाँले घटेर आज १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement

Advertisement