सुन हालसम्मकै महङ्गो, प्रतितोला १ लाख १५ हजार ५ सयमा कारोबार

Advertisement

काठमाडौं । शुक्रबार पनि सुनको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ८ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ९  सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय  रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

Advertisement