विश्वकप छनोट: नेपालले सिंगापुरलाई ८ विकेटले हरायो

Advertisement

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा सिंगापुरलाई हराउँदै विजयी सुरुवात गरेको हो।

किर्तिपुर अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा सिंगापुरले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा १ सउ ४५ रन बनाएको थियो । 

Advertisement

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६.३ ओभरमा १ सय ४६ रनको लक्ष्य भेट्टाएको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । उनले ४८ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ७४ रन बनाएका हुन् । 

बलिङतर्फ अभिनास बोहराले ३ विकेट लिए भने सन्दिप लामिछाने, सोमपाल कामी र गुल्सन झाले समान २/२ विकेट लिए । 

Advertisement

Advertisement