कुशल भुर्तेलले जिते अर्ना वियरको डेढ लाख, अन्यले कति जिते ?

Advertisement

काठमाडौं ।  टी-२० विश्वकप छनोट खेलको पहिलो खेलमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १ लाख ५० हजार कमाएका छन् । यति ब्रुअरीले घोषणा गरेको नगद पुरस्कार उनले जितेका हुन् । 

ब्रुअरीको उत्पादन अर्नाले खेल अघि नगद पुरस्कारको घोषणा गरेको थियो । जसअनुसार प्रत्येक चौकामा रु १० हजार, प्रत्येक छक्कामा रु २० हजार र प्रति रनमै रु एक हजार दिने बताएको थियो । 

Advertisement

यसैगरी बलिङतर्फ प्रति विकेट रु २५ हजार, प्रति डटबल १ हजार र मेडन ओभरमा १० हजार रुपियाँ दिने घोषणा गरेको छ । अर्नाको घोषणा अनुसार सबैभन्दा धेरै रकम ब्याट्म्यान भुर्तेलले जितेका हुन् ।

 भुर्तेलले  ४८ बल खेल्दै  ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए । जस अनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले रु ३० हजार पाउनेछन् । यसरी उनले कूल १ लाख ५० हजार रुपियाँ पाउने भएका छन् ।

बलर अभिनास बोहोराले ८५ हजार रुपियाँ पाउने भएका छन् । उनले सर्वाधिक ३ विकेट र १० डटबल फालेका छन् ।
अर्का बलरद्धय सन्दिप लामिछाने र गुल्सन झाले  ६१/६१ हजार पाउने छन् । दुबै जनाले २ विकेट लिँदै  ११ डटबल फालेका छन् । 

२ विकेट र ९ डट बल फालेका करन केसीले ५९ हजार रुपियाँ र  १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपियाँ पाउने छन् ।

यस्तै ओपनर ब्याट्म्यान आसिफ शेखले ५३ हजार पाउनेछन्। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ७५ हजार रुपियाँ पाउने छन् । 

Advertisement

Advertisement