मेसीले आठौं पटक जिते 'बालोन डी अर', बने सर्वकालीन महान फुटबल खेलाडी

Advertisement

काठमाडौं। अर्जेन्टेनी फुटबल स्टार लियोनल मेसीले बालोन डी अर जितेका छन्। सोमबार राती भएको समारोहमा मेसीले आठौं पटक अवार्ड जितेका हुन् ।

प्रत्येक वर्ष उत्कृष्ट पुरुष र महिला फुटबल खेलाडीले यो अवार्ड जित्दै आएका छन् । अवार्ड फ्रेन्च फुटबल म्यागेजिनले दिदैं आएको छ । फुटबल खेल्न अमेरिकाको मेजर सकर लिग पुगेका मेसीले विश्वकप जित्न महत्वपुर्ण भुमिका खेलेका थिए । 

Advertisement

मेसीले म्यान्चेष्टर सिटीका फर्वार्ड एर्लिङ हल्याण्डलाई पराजित गर्दै अवार्ड जितेका हुन् । हल्याण्डले सिटीबाट इंग्लिस प्रिमियर लिग, च्याम्पियान्स लिग र एफए कप जितेका थिए । 

आठौं पटक अवार्ड जित्दै मेसी सर्वकालिन महान खेलाडीको सूचिमा उक्लिएका छन् । मेसीले फुटबलका सबैखाले ठूला प्रतियोगिता जितेका छन् । महिलातर्फको बालोन डी अर भने स्पेनकी २५ वर्षिया मिडफिल्डर एइटाना बोनमाटीले जितेकी छिन् ।

बोनमाटीले स्पेनीस फुटबल क्लब बार्सिलोनाबाट फुटलब खेल्दै आएकी छिन् । उनले सन् २०२३ को महिला विश्वकप फुटबल जित्न महत्वपुर्ण भुमिका खेलेकी थिइन ।

यो अवार्ड धेरै जित्नेमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो रहेका छन् । उनले यो अवार्ड ५ पटक जितेका छन् ।  

Advertisement

Advertisement