नेपालको लगातार दोस्रो जित, विश्वकप छनोट नजिक

Advertisement

काठमाडौं। टी-२० विश्वकप छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपालले दोस्रो जित दर्ता गरेको हो ।

किर्तिपुर अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मलेशियाले पहिले टस जितेर ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा मलेशियाले नेपाललाई १ सय ६६ रनको लक्ष्य दिएको थियो । 

Advertisement

बलिङतर्फ नेपालका बलर अभिनास बोहरा एक्लैले ४ विकेट लिएका थिए । यस्तै कप्तान रोहित पौडेल, सन्दिप लामिछाने, गुल्सन झाले समान १/१ विकेट लिएका थिए । 

जवाफी ब्याटिङमा उत्रेको नेपालले १२ बल बाँकी छदा नै लक्ष्य भेट्टाएको हो । ओपनर ब्याट्म्यान कुशल भुर्तेलले २५ बलको सामना गर्दै ४३ रनको योगदान दिए । यस्तै अर्का ओपनर आशिफ शेखले २३ बलबाट ३२ रन बनाए। नेपालका सबैभन्दा धेरै रन कुशल मल्लले बनाए। मल्लले ३४ बल खेल्दै ६५ रन बनाएका हुन् ।

कप्तान पौडेल २ रनमै पेभेलियन फर्किदा सन्दिप जोराले अभिजित १८ रनको योगदान दिए ।

नेपाल प्रतियोगिताको समूह एमा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स -यूएई, हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

Advertisement

Advertisement