सुनको मूल्य बढ्दा चाँदी भने सस्तियो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढ्दा चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement