पहिलो त्रैमासमा पाँच अर्बले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीको कति ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड १६ लाख रुपियाँ आर्जन गरेका छन् । 

गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड ६८ रुपियाँ आर्जन गरेका थिए । यसरी हेर्दा चालु आवको समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको कूल व्यवसाय पाँच अर्ब रुपियाँ भन्दा धेरैले बढेको हो ।

Advertisement

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले कर्पोरेट नेपालसँग भने,‘अहिलेको पहिलो क्वाटरमा जीवन बीमा कम्पनीहरुको व्यवसाय १४ प्रतिशतले बढेको छ । नविकरण मात्रै हेर्नु हुन्छ भने त्यो पनि १९ प्रतिशतले बढेको छ । यसपटक जीवन बीमा व्यवसाय बढ्नुमा नयाँ व्यवसाय थपिएर भन्दा पनि नविकरण (रिन्यू) का बढेर नै हो । हामीले तथ्यांकमा हेर्यौं भने त्यही नै पाउँछौं । अन्य क्षेत्रहरु आार्थिक मन्दीले घटिरहेको बेलामा बीमा क्षेत्रमा बीमाशुल्क भित्रिनु राम्रो कुरा हो । बीमामा गरिएको लगानी जोखिमसँग नडराउँनु पर्ने भएकाले पनि यस्तो भएको हुन सक्छ ।’ 

उनले पछिल्लो समय बीमा प्राधिकरणले नै नविकरण बीमाशुल्क समयमा उठाउन जोड दिएको र अधिकांश बीमा कम्पनीहरुले बरु बिलम्ब शुल्क नलिने तर समयमा प्रिमियम तिर्न बीमितहरुलाई सचेत गराउँदा बीमा व्यवसाय बढेको बताएका हुन् ।

पहिलो तीन महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ । उक्त कम्पनीले १० अर्ब ९५ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, चार अर्ब ५० करोड रुपियाँ बीमाशुल्क आर्जन गर्दै एलआईसी नेपाल दोस्रो स्थानमा र त्यस्तै, चार अर्ब ३८ करोड रुपियाँ बीमाशूल्क आर्जन गर्दै हिमालयन लाइफ तेस्रो स्थानमा रहेको छ । 

कुन कम्पनीले कति आर्जन गरे बीमाशुल्क ? 

undefined
 

Advertisement

Advertisement