राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुवेदीले गभर्नर अधिकार समक्ष लिए सपथ

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । 

अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

Advertisement

यसअघि बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।सुवेदीले अर्थशास्त्र तथा जनप्रशासन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै, नेपाल सरकार अर्थ मन्त्रालयका सहसचिव हुन् । 

उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम तिम्सिना ढुङ्गाना, राष्ट्र बैकका उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, कम्पनी सचिव हेमराज खरेल लगायतको उपस्थिति थियो । 

Advertisement