सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपियाँमाका कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement