टेलिभिजनमा नयाँ विकास– टिसिएल क्युएलईडी

Advertisement

काठमाडौं । टेलिभिजन संसारमा नयाँ प्रविधिको विकास भएको छ । टिसिएल ब्राण्डमा क्युएलईडी (क्वान्टम डट लाइट–इमिटिङ डियोट) टेलिभिजनको विकास गरिएको हो । टिसिएल ब्राण्ड टेलिभिजन प्रविधिमा विश्वमा एक अग्रणी ब्राण्ड मानिन्छ । 

यो टेलिभिजन बजारमा पाइने ओएलईडी टिभीको विपरित एलईडी प्रविधिमा बनाइएको भन्दै सिजी इलेक्ट्रोनिक्सले क्युएलईडी टिभीहरुले प्रदर्शनमा व्यक्तिगत पिक्सेल उज्यालो बनाउनका लागि एलईडी ब्याकलाइट र केही अवस्थामा बहुब्याकलाइट प्रयोग गर्ने जनाएको छ । 

Advertisement

ओएलईडी प्रविधिले रंगहरु सटिक र स्पष्टरुपमा रेण्डर गरी समग्र तस्वीरको गुणस्तर बढाउने, प्रत्येक रंग र छाँयालाई जीवन्तरुपमा प्रस्तुत गर्ने कुराको सुनिश्चितता गर्ने, दृश्य अनुभवलाई अझ जीवन्त बनाउने भन्दै टिसिएल ब्राण्डले ओएलईडी टिभीमा चलिरहेको ठूला खेल प्रतियोगिता आनन्दका साथ हेर्न सकिने जनाएको छ ।

यसबाहेक क्युएलईडी टिभीमा एलईडी ब्याकलाइटले उच्च चमकस्तर प्रदान गर्ने, जसले तिखो र थप विस्तृत चित्रमा योगदान पुर्याउने, उज्यालो वातावरणमा हेर्दा पनि भिडियोको चमक उत्कृष्ट नै पाउन सकिने भन्दै सिजी इलेक्ट्रोनिक्सले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘संक्षेपमा भन्दा क्युएलईडी टिभीले जीवन्त रंग, उच्च चमक, असाधारण गुणस्तरीय तस्वीरको आकर्षक संयोजन प्रदान गर्दै डिस्प्ले टेक्नोलोजीमा महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्दछ ।’ 

यस्ता छन् टिसिएल क्युएलईडी टिभीका विशेषताः 
–    सुन्दर र विस्तृत पिक्चरका लागि फोरके क्वान्टम प्रविधि, 
–    डल्बी भर्सन आईक्यु, डल्बी एन्टम, ओङ्क्यो अडियो सिस्टम र एचडीआर टेन–प्लस 
–    भिडियो क्वालिटि अझ राम्रो गर्ने एमईएमसी १२० हर्ज रिफ्रेस रेट, भीआरआर १४४ हर्ज,
–    गुगल टिभी इन्टिग्रेसन,
–    गेमिङ उत्साहीहरुका लागि गुगल स्टुडियोसँग कम्प्याबिलिटि,
–    भिडियो च्याट र बहुदृश्य कार्यक्षमताको लागि वैकल्पिक क्यामरा,
–    उत्कृष्ट डिजाइन

Advertisement