सिजीका जाडो यामका सामानहरुले घर र मन दुवैलाई न्यानो, नयाँ सामग्रीहरु बजारमा

Advertisement

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक अप्लायन्सेसले जाडो मौसमलाई लक्षित गर्दै नयाँ सामग्रीहरु बजारमा ल्याएको  छ । 

‘सिजी घरमा, न्यानो मनमा’ शीर्षकको स्मार्ट घरेलु उत्पादनहरू इलेक्ट्रिक ओभन, कार्बन हिटर, हलोजन हिटर, पीटीसी फ्यान हिटर, ओएफआर हिटर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक गिजर, ग्यास गिजर, हट पट्स, इलेक्ट्रिक केटल, भ्याकुम फ्लास्क, पानीको बोतल र इन्सुलेटेड बोतल आदी नेपाल अधिराज्यभरी उपलब्ध गराएको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

Advertisement

जाडोमा चिसो पानीले नुहाउने समस्याबाट मुक्त हुन विभिन्न आकर्षक मोडलमा थप विशेषता सहित बजारमा ग्यास र इलेक्ट्रिक नयाँ गिजरहरु बजारमा ल्याएको चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले हिटरमा पनि क्याटोगोरीमा जस्तै ओएफआर हिटर, पीटीसी प्यान हिटर, हेलोजिन हिटर, क्वाज्ज हिटर, कार्बन हिटर र प्यान हिटर रहेको जनाएको छ । 

अब उपभोक्ताले आफ्नो आबश्यकता अनुसार छानी छानी यी सामानहरु खरिद गर्न सक्ने जनाइएको छ । केही समयमै पानी तताउन बिभिन्न मोडलमा इलेक्ट्रिक केटल, हट–पट र वाटर बोइलर उपलब्ध गराउने सिजीको भनाई छ । तताएको पानीलाई लामो समयसम्म तातोपन कायम राख्न भ्याकुम फ्लास्क, थर्मसहरु आकर्षक मोडल र डिजाईनमा उपलब्ध गराएको सिजी इलेक्ट्रोनिक्सको विज्ञप्तिमा जनाइएको छ । 

प्रमुख आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शुन्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनुसक्ने छन् । यो नेपालभरका सबै सिजी ब्रान्ड अधिकृत आउटलेटहरूबाट प्राप्त गर्न सकिने छ । 

सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिन्छ । यो ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री सञ्जालमार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै आएको सिजी ब्राण्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउंदै आएको छ । 

हाल, सीजी ब्राण्डले नेपाल अधिराज्यभर आफ्नै शोरुमहरूमार्फत उत्पादन र सेवा दिदै आाएको छ । भविश्यमा देशको हरेक कुनासम्म पुग्ने लक्ष्य पनि लिएको जनाएको छ । नजिकै कुनै शोरूमहरू उपलब्ध नभए पनि आफ्नै इ–कमर्स प्लेटफर्ममार्फत सिजी ब्राण्डका उत्पादन तथा सेवाहरू, जहाँबाट पनि लिन सकिने उसको भनाई छ ।  सिजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्राण्ड हो । सीजी मेरिडियाको परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सिजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ ।

Advertisement