सुनको मूल्य प्रतितोला १ हजार बढ्यो, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १४ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement