सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपियाँ बढ्यो, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला २ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला ९० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक २७ गते प्रतितोला १ लाख १३ हजार २ सय रुपियाँ रहेको छापावाल सुन तिहार बिदा पछि आज प्रतितोला १ लाख १५ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । यसअघि गत कात्तिक २७ गते प्रतितोला १ हजार ३ सय ६० रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

Advertisement