सुनको मूल्य ३ सय बढ्यो, प्रतितोला १ लाख १६ हजार ५ सयमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुन मूल्य बढ्दा चाँदीको भने स्थिर छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र  तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement