सुनको मूल्य स्थिर, चाँदी १० रुपियाँ सस्तियो

Advertisement

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement