सुनको मूल्य घट्यो, चाँदी भने महंगियो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुनको मूल्य २ सय रुपियाँ घट्दा चाँदीको ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement