नेपाल सुपर लिग सिजन २ मा ललितपुर सिटी फुटबल क्लबसँग बिवाईडीको सहकार्य

Advertisement

काठमाडौं । बिवाईडीको नेपालका लागि आधिकारीक बिक्रेता साइमेक्स इन्क प्रालिले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरको रुपमा पुनः सहकार्य गर्ने भएको छ । 

उक्त साझेदारीले साइमेक्स इन्क प्रालि र बिवाईडीको प्रविधि तथा दिगो विकासको साझा प्रतिबद्धतालाई जोडिने दुई पक्षले  विश्वास लिएका हुन् ।

Advertisement

नेपाल सुपर लिगको नौ फान्चाइज फुटबल टिमहरु मध्येको एक, ललितपुर सिटी फुटबल क्लबले प्रदेश नम्बर ३ को सहर ललितपुरको प्रतिनिधित्व गरेको छ । 

उक्त सहयकार्यले आगामी दिनमा खेलकुदलाई थप सशक्त बनाउने विश्वास गरिएको छ । आजभन्दा दुई वर्ष अघि सन् २०२१ म पनि नेपाल भएको सुपर लिगको प्रारम्भिक सिजनमा बिवाईडीले आफ्नो सहकार्य सुरु गरेको थियो । 

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने,‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँग बिवाईडीको साझेदारीले हामी निकै उत्साहित छौं । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बहिरसम्म खेल र दिगो विकासको सम्बन्धलाई अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रवालाई प्रष्टसँग देखाउँने छ भन्नेम हामी ढुक्क छौं ।’

त्यस्तै, ललितपुर सिटी फुटबल क्लब प्रबन्ध निर्देशक आलोकजंग जोशीले पनि बिवाईडीलाई मोविलिटी पार्टनरको रुपमा पाउँदा निकै गौरवान्वित महशुस भएको बताएका छन् । जोशीले फुटबल मैदान बाहिर पनि आफूहरुको दिगो सहकार्य जारी रहने विश्वस व्यक्त गरे ।

Advertisement

Advertisement