तोलाकै १ लाख १७ हजार ४ सय पुग्यो सुनको मूल्य, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ । यसैक्रममा आज सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय र तेजावी सुन प्रतितोलामा १ लाख १६ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement