झण्डै चार प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित नाइजेरियाद्धारा  ३४.८ बिलियन डलरको बजेट जारी

Advertisement

काठमाडौं । नाइजेरियाले २०२४ मा आर्थिक वृद्धिको लागि ३.७६ प्रतिशत लक्ष्य निर्धारण गरेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको राजधानी अबुजामा रहेको राष्ट्रिय सभाको संयुक्त सत्रमा २०२४ विनियोजन विधेयक पेश गर्दै यस्तो लक्ष्य राखेको बताए । 

कुल गार्हस्थ्य उत्पादनमा ३.७६ प्रतिशत वृद्धि हासिल गर्ने लक्ष्य राखिएको नाइजेरियाले राष्ट्रको आर्थिक सुधारतर्फ महत्वपूर्ण कदम चालेको छ । नवीकरण आशाको बजेट शीर्षकको विनियोजन विधेयकले २७.५ ट्रिलियन नाइरा (लगभग ३४.८ बिलियन अमेरिकी डलर) को बजेट ल्याएको छ । 

Advertisement

अर्थतन्त्रमा न्यूनतम ३.७६ प्रतिशतको वृद्धि हुने अपेक्षा गरेको र सन् २०२४ मा मुद्रास्फीति २१.४ प्रतिशतमा मध्यम हुने अपेक्षा गरिएको नाइजेरियाका एक नेताले बताए । उनले २०२४ को बजेट तयार गर्दा देशको प्राथमिक उद्देश्य दिगो आर्थिक विकासको लागि बलियो जग कायम राख्नु रहेको बताए । 

ती नेताले राष्ट्रिय रक्षा र आन्तरिक सुरक्षा, स्थानीय रोजगारी सृजना, वृहत् आर्थिक स्थायित्व, लगानीको वातावरण अप्टिमाइजेसन, मानव पुँजी विकास, गरिबी न्युनिकरण र सामाजिक सुरक्षालाई २०२४ को बजेटका प्रमुख प्राथमिकतामा राखेको बताए । 

टिनुबुले प्रतिब्यारेल ७७.९६ अमेरिकी डलरको रूढिवादी तेल मूल्य बेन्चमार्कलाई पनि हाइलाइट गरेको बताउँदै आफ्नो प्रशासन वृहत्तर र साझा आर्थिक समृद्धिका लागि प्रतिवद्ध रहेको बताए । मुख्य सार्वजनिक वित्तीय व्यवस्थापन सुधारको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय चुहावटलाई थप नियन्त्रण गर्न प्रयास गरिने उनले बताए । 

टिनुबुले २७.५ ट्रिलियन नाइरा बजेट राष्ट्रिय सभाले छानविन गरी अनुमोदन गर्ने र नाइजेरियाली नेताले स्वीकृत गर्न पठाउने अपेक्षा गरिएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement