शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत निर्यात सुरु

Advertisement

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन भारत निर्यात सुरु गरेको छ । उद्योगले शनिबारदेखि क्लिङ्कर निर्यात सुरु गरेको हो । 

क्लिङ्कर निर्यातको औपचारिक सुरुवात शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले संयुक्तरुपमा रिवन काटेर गरेका थिए । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुङगा समिश्रण रहेकाले भारतस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्वीकृत भई निर्यात गर्न सकिएको जनाइएको छ । 

Advertisement

उद्योगले २०७८ माघबाट व्यवसायिक उत्पादन सुरुवात गरेको थियो । उद्योगको क्षमता तीन हजार मेट्रिकटन रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा रहेको यो उद्योगले ओपीसी ५३ ग्रेड र ४३ ग्रेड तथा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । 
 

Advertisement