सुनको मूल्य ७ सय रुपियाँ घट्यो, प्रतितोला १ लाख १६ हजार ३ सयमा कारोबार

Advertisement

काठमाडौं । सुनको मूल्य निरन्तर घटिरहेको छ । आजपनि सुन प्रतितोला ७ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजोजस्तै आज पनि प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement