लोबुचेमा ‘पोर्टर’का लागि नयाँ लज बनाइने, बस्न खान निकै सहज र सस्तो हुने दावी

Advertisement

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा पोर्टर (भरिया) हरुको लागि नयाँ लजको निर्माण गरिने भएको छ । लोबुचेमा हाल रहेको ‘पोर्टर हाउस’हरु सबै पोर्टर अटाउने क्षमताका नभएकाले नयाँ बनाउन लागिएको जनाइएको छ । 

स्वदेशी तथा विदेशी पर्यटकहरुको हिमाल आरोहण तथा पदयात्राका क्रममा भरियाहरुको महत्वपूर्ण योगदान रहने गर्दछ । तर बाटोमा उनीहरुका लागि खासे बस्ने ठाउँको राम्रो प्रवन्ध नहुने गरेको बारम्बार गुनासो आउने गरेको छ । 

Advertisement

पोर्टरहरु राम्रोसँग खाने र बास बस्ने सुविधाको लागि निम्सदाई फाउडेशन र खुम्बु गाउँपालिकाको सहयोगमा लोबुचेमा नयाँ पोटर्स लजको निर्माण गर्न लागिएको हो । खुम्बु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले आउँदो जनवरी महिनदेखि एक बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी लग बनाउन लागिएको बताए । 

उनले भने, ‘घरको डिजाइन फाइनल गर्न बाँकी छ । पोटरहरुको सहजीकरणको लागि यसको निर्माण गर्न लागेका हौं । अहिले डिजाइनको टुंगो नलागेकोले बजेट कति लाग्छ ? भनेर भन्न किन्न।’ एक–दुई हप्ताको लजको डिजाइन तयार हुने शेर्पाले बताए । यस भवनको निर्माणका लागि अहिले ५० लाख रुपियाँ बजेट छुट्टाएको उनले बताए । 

पोर्टरहरुको लागि निर्माण गरेको लज खुम्बियूल्हा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, खुम्जुङले गर्नेछ । सय जनासम्म पोर्टर अटाउनसक्ने गरी निर्माण गर्न लागिएको लज सुविधाजनक हुनेछ । अहिलेका पोर्टर हाउसहरुमा ३० जना मात्रै पोर्टर अटाउँछन् । शेर्पाका अनुसार यो लजमा पोर्टरहरुलाई सुत्न पनि सजिलो र खाना पनि सहुलियत मूल्यमा उपलब्ध हुनेछ । दोस्रो चरणमा खुम्बुको अन्य क्षेत्रमा पनि यस्तो लज बनाउने योजना उनले सुनाए । 

Advertisement