थमन बिक हत्या प्रकरणमा एमाले साँसद कोइरीलाई सफाई, लोसपा साँसदलाई जन्मकैद

Advertisement

काठमाडौं । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले साँसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ । 

जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो । कोइरीसँगै मोहन कापरले पनि सफाइ पाएका छन् । त्यस्तै, आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिने विवादास्फल निर्णय गरेको छ ।

Advertisement

२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लाने क्रममा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दा दर्ता भएको थियो । 

बिक हत्या प्रकरणमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेशका साँसद अभिराम शर्मालाई जन्मकैदको फैसला भएको छ । उनी यसअघि जिल्ला अदालत महोत्तरीको आदेशमा साधारण तारिखमा छुटेका थिए ।

प्रहरीको फरार सूचीमा रहेका बेला राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा चुनाव जितेका उनी मन्त्री समेत बनेका थिए ।

Advertisement