मेनुका पौडेल, जसको प्रतिभा आफ्नै मुलुकले नचिनेपछि पराया मुलुकको सहारा

Advertisement

काठमाडौं । अहिले नेपाली चेली मेनुका पौडेल भारतीय संगीत क्षेत्रमा छाएकी छन् । उनको गायन प्रतिभा देखेर विश्वभरका भारतीय संगीतप्रेमीहरु मन्त्रमुक्त छन् । इन्डियन आइडलको मञ्च माधै मेनुकाले धमका मच्चाएकी छैनन्, नयाँ हिन्दी चलचित्र सलारमा समेत मिठो स्वर दिइसकेकी छन् ।  

हिजाको दिनमा आफ्नै मुलुकमा उपेक्षित मेनुकाको प्रतिभा र लोकप्रियता बढ्दै गएपछि दकस मान्दै नेपालमा गन्यमान्यहरुले पनि उनको प्रसंशा गर्न सुरु गरेका छन् । नेपाली जनता भ्रष्टाचार, बेथिति र आर्थिक दूरावस्थाले निकै निराश छन्, तर मेनुका जस्ता केही कलाकार र खेलाडीहरुले जनतामा आशा जगाउने प्रयास गर्दै आएका छन् । 

Advertisement

तिनै मेनुका पौडेल, जसलाई नेपालमा मञ्चन गरिएको ‘नेपाल आइडल’ नामक कार्यक्रमले पहिचान गर्न सकेको थिएन् । नेपाल आइडलका आयोजक र त्यसमा सहभागी निर्णायक मण्डलको योग्यता र क्षमतालाई नै अहिले मेनुकाले प्रश्न उठाइदिएकी छन् । 

गहनरुपमा हेर्दै जाँदा हाम्रो राज्यप्रणाली कति कमजोर र असक्षम छ, जसले आफ्ना प्रतिभाहरुलाई प्रस्फुटन गर्न सक्दैन्, पहिचान गर्न सक्दैन्, संरक्षण गर्न सक्दैन् भन्ने कुरा मेनका पौडेल, उदितनारायण झा जस्ता कलाकारको कलालाई पराया मुलुकले पहिचान गरिदिनुपर्ने बाध्यताले दर्साउँछ । 

मेनुकाको उचाई बढ्दै जाँदा एउटा कुरा निश्चित छ, नेपालको राज्यसत्ता, नेता र प्रशासनले उनको सम्मानमा फूलमाला लगाउन, पुरस्कार घोषणा गर्न, मानपदवी दिलाउन ढिला गर्दैन् । उनीहरुले गर्दा नै मेनुका इन्डियन आइडलको मञ्चसम्म पुगे जस्तो गरी शब्दहरु खर्चिने छन् । 

मेनुका जस्ता धेरै प्रतिभा हाम्रा गाउँ शहरमा छन्, जो मुलुकभित्र क्षमता र प्रतिभा देखाउने वातावरण नभएर गुमनाम छन् । पढ्ने लेख्न अवसर नपाएर घाँस दाउरा गरेर बसेका छन् । देशमा संवृद्धि र सुशासन हुँदो हो त, नेपालीहरुले अन्तरिक्षमा रकेट पाइसकेका हुनेथिए । नेपाली जडिबुटीबाटै जटिल रोगसमेत निको हुने औषधिको विकास भइसक्नेथियो । नेपालका जहाडहरुमा तीब्र गतिका रेल कुँदिरहेका हुनेथिए । फेसबुक गुगल जस्ता प्रविधिको विकास नेपाली इन्जिनियरहरुले नै गरिसक्ने थिए । तर, त्यस्तो नहुँदा जनसंख्याको ठूलो हिस्सा अहिले अवसरको खोजीमा विदेशिन बाध्य भएको छ । आफ्नो कला देखाउन अर्काको देशको सहायता लिनुपर्ने बाध्यता छ । 

जन्मजात दृष्टिविहीन मेनुकाले सुनेको भरमा सङ्गीत सिकेकी हुन् । उनले नेपालमा आफ्नो गायन कला देखाउन धेरै प्रयास र संघर्ष गरिन् । तर उनी एक गरिव परिवारकी छोरी र दृष्टिविहीन भएकाले कसैले सार्थकरुपमा सहयोग र प्रयोत्साहन गर्ने प्रयास गरेनन् । भाग्यवस उनलाई आज इण्डियन आइडलले मञ्च दिएर ठूलो गुन लगाएको छ ।

मेनुकाको महिमा
इण्डियन आइडलको मञ्चमा अहिले मेनुका पौडेलले भारतीय गायन क्षेत्रका हस्तीहरुलाई चुनौति दिइरहेकी छन् । उनको स्वरको महिना गाउन कुमार सानु, श्रेया घोषाल जस्ता गायक गायिका समेत बाध्य भएका छन् । ‘आजसम्म यति मनैदेखि कसैले गाएको देखेकी छैन’ भन्दै घोषालले ‘मैले तिम्रो स्वरमा ईश्वर देख्न पाएँ’ भन्दै प्रसंशा गरेकी छन् । 

इण्डियन आइकलको अडिसन राउन्डमा मेनुकाले ‘ओ पालनहारे तुमहारे बिना हमारा कौनो नहीँ’ भनेर गीत आएपछि घोषालले प्रतिस्पर्धीबाट आएको त्यो तहको गायन प्रस्तुतीका लागि आफू तयार नै नरहेको पनि बताइन् । उक्त गीत सुनेपछि अर्का निर्णायक विशाल ददलानीको आँखाबाट आँशु झारे । गीत गाइसकेपछि कार्यक्रममा सन्नाटा छायो ।  निर्णायकहरू बोल्न नसकेर निःशब्द भए ।

ददलानीले भनmे ‘म सङ्गीतलाई पूजा गर्छु, त्यो सङ्गीत तिमी हौ । आज पछि मैले जुन सङ्गीत बनाउँछु। त्यो तिम्रो कारणले फरक हुनेछ ।’ गायन क्षेत्रका बादशाह कुमार सानुले पनि दि खोलेर मेनुकाको प्रसंशा गर्न बाँकी राखेनन् । उनले भने, ‘अरू गायकको जिन्दगीमा सङ्गीत आउँछ। तर तिमीले सङ्गीतमा जीवन ल्याइदियौ ।’ त्यति मात्रै होइन्, घोषालले मेनुकाको स्वरलाई लता मङ्गेशकरसँग तुलना गर्न समेत बाँकी राखिनन् । 

मेनुकाको प्रसंशा गर्ने त्यति मात्रै छैनन्, गायन क्षेत्रका चर्चित अनुहारहरु अनुराधा पौडवाल, साधना सरगम, कविता कृष्णमूर्ति, ऋचा शर्मा, संगीतकार कल्याणजी र गायक नीतिनमुकेश, चलचित्र निर्देशक महेश भट्ट, कलाकार रणवीर कपुर, रश्मिका मन्दानालगायतले समेत उनको स्वर र क्षमताको प्रसंशा गरेका छन् । एकान्तमा बसेर अभ्यास गर्दागर्दै आफ्नो स्वरमा निखार ल्याएकी उनले सङ्गीत क्षेत्रमा नै आफ्नो जीवन समर्पित गर्ने बताएकी छन् । 

मेनुका झापाको हल्दिबारीमा सामान्य परिवारमा जन्मिएकी नेपाली चेली हुन् । उनका आमाबुबा र दुई बहिनीहरू छन् । घर चलाउन बर्षौदेखि मलेसियामा रहेका आफ्ना बाबुलाई देश फर्काउने मेनुकाको चाहना छ । उनले आफैले कमाई गरेर आफ्नो बहिनीको समेत विवाह गराइसकेकी छन् भने अर्को बहिनीलाई पढाइरहेकी छन् । उमेरले अहिले २५ बर्ष पुगेकी मेनुकाको आँखाको उपचारको लागि उनको परिवारले निकै प्रयास गरे पनि नसकेको सुनाउँछिन् । उनले झापाकै दुर्गा माध्यामिक विद्यालयको छात्रावासमा बसेर संगीत सिकेकी हुन् । 

Advertisement