वायुसेवा कम्पनी र पर्यटकहरुलाई ‘इन्सेन्टिभ’ नदिई भैरहवा विमानस्थल चल्न सक्दैन्ः पाण्डे

Advertisement

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक हंशराज पाण्डेले यस विमानस्थललाई चलायनमान बनाउन निजी वायुसेवा कम्पनी तथा पर्यटकहरुलाई ‘इन्सेन्टिभ’ (प्रोत्साहन सुविधा) दिनुपर्ने शर्त अघि सारेका छन्  । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे बोलाएको बैठकमा पाण्डेले निजी विमान सञ्चालकहरुबाट समेत सो खालको सुझाव आएको बताउँदै ‘इन्सेन्टिभ’ बिना स्वदेशी विदेशी विमान सेवा र पर्यटकहरु भैरहवाबाट उड्न तयार नहुने संकेत गरे । 

Advertisement

उनले भैरहवा विमानस्थलको अहिलेको अवस्थाबारे जानकारी गराएका थिए । मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधि, निजी क्षेत्रका वायुसेवा सञ्चालक, लुम्बिनीका व्यवसायीसमेत सहभागी बैठकमा मन्त्री किरातीले आधारभूत सुधारसहित भैरहवा विमानस्थल आवश्यक नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए । 

Advertisement