पशुपति क्षेत्र विकास कोषका सयभन्दा बढी सल्लाहकार खारेज

Advertisement

काठमाडौं । विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सयभन्दा बढी सल्लाहकार खारेज  भएका छन् । कोषको बुधबार बसेको परिषद बैठकले उनीहरुको नियक्ति खारेज गरेको हो । 

कोषमा २०४६ सालअघिदेखि नियुक्त सल्लाहकार थिए । अधिकांश बहुदल आएपछि नियुक्त भएका सल्लाहकार थिए । कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको सचिवालयले उक्त निर्णय भएको मिडियालाई जानकारी दिएको हो । 

Advertisement

साथै, परिषद बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा बिक्री वितरण बन्देज गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णय यसअघि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिसकेका थिए । 

बैठकले पशुपतिनाथ दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने निर्णय पनि गरेको छ । 

Advertisement