पढेलेखेका सबै विदेश पलायन हुँदा देशको आर्थिक अवस्थामा समेत असर पर्योः मन्त्री साउद

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको स्वीकार गरेका छन् । सोमवार उडान शैक्षिक केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन् । 

चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिरहेका भन्दै साउदले यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए । 

Advertisement

देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै उनले देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बर्ता । मन्त्री साउदले काम गर्ने जनसंख्या कम हुँदै जाँदा देशको आर्थिक विकास गर्न नसकिने बताए । 

उनले भने, ‘धेरै पढे, लेखेका मान्छेहरु डाक्टर, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री उनीहरु पनि बाहिर गइरहेका छन् । र कामदार वर्गपनि बाहिर गइरहेका छन् । यो अत्यन्त ठूलो लगानी भएको बुद्धिजिवी वर्ग बाहिर जान्छ त्यसलाई हामी ब्रेन ड्रेन भन्छौँ । जसमा हामीले लगानी धेरै लगाएका हुन्छौँ । अर्को ठाउँको भिसा पाएर अर्को देशमा काम ग¥यो भने हाम्रो लगानीमा त्यो मेनपावर अर्काले प्रयोग गर्न पायो । त्यो मेनपावर यदी नेपालमै राख्न सकेको भए नेपालमै प्रयोग गर्न सकेको भए डाक्टरको हकमा स्वास्थ्यको क्षेत्रमा बिरामीहरुले उपचार पाउँथे । इन्जिनियरको हकमा विभिन्न संरचनाका काम हुन्थेँ । अर्थशास्त्रीको हकमा आर्थिक गतिविधिलाई त्यसले बढाउथ्यो । बिजनेश सेक्टरको मेनपावर भए त्यसले व्यापारिक सम्भावनाहरुमा अगाडी बढ्थ्यो । तर हाम्रो स्किल्ड र क्षमता बनेको, दिएको, भएको शक्ति बाहिर जाँदाखेरी हाम्रो मुलुकलाई क्षति भइरहेको छ ।’

मन्त्री साउदले थपे, ‘हाम्रो देशमा युवाको जनसंख्या धेरै छ । कुनैपनि देशको समग्र जनसंख्याभित्र युवाहरुको हिस्सा सबभन्दा ज्यादा हुन्छ । कुनैपनि देशले बिकास गर्ने त्यही बेला हो । आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ । आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो । यसपछि तपाई हामी बुढा हुँदै गइसकेपछि फेरि बसि खाने बेला आउँछ । जनसंख्या बसि खाने भएपछि आर्थिक गतिविधि कम हुन्छ । विकास कम हुन्छ । त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहान्छु ।’

उनले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । राउदले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्ने बताए । 

Advertisement

Advertisement