सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी १० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २० हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २० हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

यस्तै चाँदी १ हजार ४ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement