नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कस्ले मार्ला बाजी ?, पाँच जना ‘सर्ट लिष्टिङ’

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि ५ जनाको नाम सर्ट लिष्टिङ भएको छ । 

कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जना आवेदकबाट ५ जनाको नाम सर्ट लिष्टिङ गरिएको हो । 

Advertisement

सर्ट लिष्टिङमा पर्नेहरुमा पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ रहेका छन् । 

यी पाँचैजनाको पुस १७ गते अन्तरवार्ता लिइने जनाइएको छ । अन्तरवार्तापछि एक जनालाई कार्यकारी निर्देशन नियुक्त हुने छन् । 

कोषका कार्यकारी निर्देशक रमण नेपालको कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको हो । 

Advertisement

Advertisement