सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख २२ हजारमा कारोबार

Advertisement

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement