टर्कीले श्रमिकहरुको न्यूनतम पारिश्रमिक एकैपटक ४९ प्रतिशतले बढायो

Advertisement

काठमाडौं । टर्कीले २०२४ को पहिलो दिनदेखि लागू हुनेगरी श्रमिकहरुको मासिक न्यूनतम पारिश्रमिक एकैपटक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । 

देशका श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले बुधवार सो घोषणा गरेका हुन् । यो तथ्यांकसँगै गत आवको तुलनामा खुद न्युनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ । देशको न्युनतम पारिश्रमिक निर्धारण आयोगले धेरै छलफलपछि यसअघिको निर्णयलाई बदर गर्दै नयाँलाई सदर गरेको इसिखानले बताए । 

Advertisement

टर्कीले यसअघि जुलाई १, २०२३ देखि शुरु हुने मासिक न्युनतम ज्याला ३४ प्रतिशतले ११ हजार ४०२ लिरामा बढाएको थियो । श्रमिकहरूको तर्फबाट सरकारसँगको वार्तामा सहभागी टर्किस ट्रेड युनियनहरूको कन्फेडेरेसनका अध्यक्ष एर्गुन अटालेले श्रमिकहरूको अपेक्षित न्युनतम पारिश्रमिक १८ हजार लिरा रहेको बताए । 

नोभेम्बरमा वार्षिक मुद्रास्फीति दर ६१ दशमलव ९८ प्रतिशत रहेको देशको हठी मुद्रास्फीतिको बीचमा यो वृद्धि भएको हो । सिन्ह्वा–नान

Advertisement

Advertisement