पोखराका प्याराग्लाइडिङ व्यावसायबीचको विवाद समाधान, आजबाट सेवा सुचारु हुने आशा

Advertisement

काठमाडौं । पोखराका प्याराग्लाइडिङ व्यावासायहरुबीचको विकास मिलेको छ । दुई पक्षबीचको झगडासँगै सुरक्षालाई कारण देखाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखराको प्याराग्लाइडिङ उडानमा अर्को निर्णयसम्मका लागि रोक लगाएको थियो । 

बिहीबार प्राधिकरण र नेपाल हवाइ खेलकुद सँस्था (ना)बीच भएको छलफल समस्या समाधानका लागि छलफल भएको थियो । छलफलपछि व्यावसायीबीचको विवाद समाधान भएको र सेवा सुचारु गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ । 

Advertisement

नाका अध्यक्ष सुनिल भट्टराईले पोखराका प्याराग्लाइडिङ कम्पनीहरुले सुरुवातमा जुन मूल्य तोकेर सेवा सञ्चालन गरेका थिए, त्यही अनुसार गने भनेर व्यावसायीबीच सहमति भएको बताए । प्राधिकरणले अब आधिकारिक पत्र पठाएर प्याराग्लाइडिङ खोल्न भनेसँगै सेवा सुचारु गर्ने उनले बताए । प्राधिकरणले संभवतः आज शुक्रबार पत्र पठाउने छ । 

Advertisement