निर्जीवन बीमा कम्पनीले एकमहिनामै संकलन गरे तीन अर्ब बीमाशुल्क, पहिलेभन्दा ३८ करोड बढी

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा  २ अर्ब ९९ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक महिनाको मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ६१ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका थिए । यसरी हेर्दा बीमा व्यवसाय  ३८ करोड रुपियाँले बढ्न पुगेको हो । 

गत मंसिर महिनामा निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा धेरै बीमाशुल्क सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीले ३९ करोड ४३ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको हो । 

Advertisement

त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३१ करोड ८० लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले ३० करोड ४० लाख रुपियाँ आर्जन गरेको छ । 

हाल १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।  

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री बसन्त बोहोराले कोराना कालपछि अहिले आर्थिक क्षेत्रका केही चहलपहल बढेकाले त्यसको प्रभाव निर्जीवन बीमा व्यवसायमा पनि देखिन पुगेको बताए ।  निर्जीवन बीमा कम्पनीको व्यवसायले विगतको तुलनामा सुधारको गति लिइरहेको उनको भनाई छ ।

कुन निर्जीवन बीमा कम्पनीको बीमाशुल्क कति ?

undefined

Advertisement