क्रिकेटर संदीप लामिछाने अदालतबाट बलात्कारी ठहर, संदीपका शुभचिन्तकहरु निराश

Advertisement

काठमाडौं । एकजना किशोरीलाई बलात्कार गरेको मुद्दामा लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले शुक्रबार सन्दीपलाई दोषी ठहर गरेको हो । 

गौशाला २६ नामकी किशोरीलाई काठमाडौंको होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो । यद्यपि होटलमा जानुअघि किशोरीले नै उनलाई घुम्न नगरकोट जाने प्रस्ताव गरेअनुसार उनीहरु घुमेर राति होटलमा बास बसेका थिए । 

Advertisement

यही साता आइतबारदेखि चलेको बहस आज सकिएसँगै अदालतले अभियोग ठहरिने फैसला सुनाएको हो । यो फैसलाअनुसार नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका कुशल खेलाडी फेरि जेल बस्नुपर्ने भएको छ ।

अब अदालतले कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले जेल सजाय भोग्नुपर्ने अवधि तय हुनेछ । लामिछानेलाई आरोप लगाउने युवतीको उमेर विवाद रहे पनि पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको  थियो । किशोरीको सुरक्षाको लागि भन्दै उनलाई लामो समय माइती नेपालमा राखिएको थियो । तर लामिछाने पक्षले किशोरी नाबालिग नभएको जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश गरेको थियो । अदालतले सो कुरालाई अस्वीकार गर्दै लामिछानेलाई दोषी करार गरेको हो । 

आजको फैसलाले संदीप लामिछानेका शुभचिन्तक र खेलप्रेमीहरुलाई निराश बनाएको छ । उनकै खेलका कारण नेपालले थुप्रै अन्तर्राष्ट्रिे खेलहरुमा नेपालले सफलता पाउन सकेको थियो । तर आफूलाई नाबालिग बताउँदै गौशाला २६ (किशोरी) ले जबरजस्ती करणी आरोप लगाएकी थिइन् । उनले 
२०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । नाबालिगमाथि करणी गरेको कसूरमा तत्कालिन समयमा लामिछानेलाई १२ वर्ष कैद सजाय माग गरिएको थियो । 

Advertisement

Advertisement